सन्दीपको किफायती बलिङ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ब्रिजटाउनमा जमैकाले बार्बाडोसलाई जित लागि १२८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । जमैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे ।

जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चेर सन्दीपले २ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

सन्दीपको यस खेल अन्तिम खेल हुनेछ । यस खेलपछि सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् ।यस्तै बार्बाडोसका जासन होल्डर र रेमोन रिफरले पनि २/२ विकेट लिए ।

ads

ads