प्रज्वलजंग पाण्डे फार्मेसी काउन्सिलको अध्यक्ष पदमा नियुक्त

काठमाडौँ, १३ चैत । नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् ।यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशी थिए । उनको चार बर्षे कार्यकाल १७ फागुनमा सकिएको थियो । जोशीको कार्यकाल सकिएपछि पाण्डे चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसका आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ads

ads