दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक, ह्याकरले मागे १ लाख

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। ह्याकरले अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागेको निरौलाले बताएकी छिन।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्। अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् ।

‘मेरो नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको रहेछ ।’

दीपा ह्याकरले पठाएको एकाउन्ट डिटेल लिएर अपराध महाशाखा समेत पुगेकी छन् । उनले भनिन्, ‘अब उजुरी लिएर प्रहरीको साइबर सेल जाँदैछु । के हो त्यहाँबाट पत्ता लाग्नेछ ।’

ads

ads