बैंकहरूले दिन थाले डलर कार्ड, कस्तो हो डलर कार्ड भनेको ?

काठमाडौं, चैत ११ नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका छन्। एनएमबि, नबिल लगायत बैंकहरुले यस्तो कार्डको सुरुआत गरिसकेका छन्। अरु वाणिज्य बैंक र विकास बैंकहरुले पनि यस्तो कार्ड प्रदान गर्नेछन्।

बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन् । कार्ड लिँदा पान नम्वर जरुरत पर्दछ। सोही पान नम्वरका आधारबाट ग्राहकले अर्को बैंकबाट कार्ड लिए/नलिएको पत्ता लाग्छ।

ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने बैंकले जनाएको छ ।

ads

ads