एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा १५ प्रतिशत रकम सम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै यस बैंकमा खाता नभएका ग्राहकले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नेछन् र तुरुन्तै कार्ड प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङूले हस्ताक्षर गरे । असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म यो योजना लागू हुनेछ ।

ads

ads