हलिउड अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिट विरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी छन्।
भारतीय मिडिया एनडिटिभीका अनुसार एन्जेलिनाले ब्राडमाथि लगाएको आरोप दाबी गर्न प्रमाण पनि पेश गर्ने बताएकी छन्। सो आरोप पुष्टि गर्न यो जोडीका छोराछोरीले पनि साक्षी बयान दिने सहमति भएको खबरमा उल्लेख छ।
सन् २००४ मा एन्जेलिना र ब्राडको भेट ‘मिस्टर र मिसेस स्मिथ’ फिल्म छायांकनका बेला भएको थियो। त्यसपछि उनीहरुको भेट प्रेममा बदलियो र सन् २०१४ मा उनीहरुले बिहे गरे।
बिहे भएको दुई वर्षपछि नै मनमुटावका कारण एन्जेलिना र ब्राड एकअर्काबाट टाढिएका थिए। तर हालसम्म उनीहरुको सम्बन्ध-विच्छेद भएको छैन र अहिलेसम्म कानुनी लडाइँ लडिरहेका छन्।
उनीहरुका ६ छोराछोरी छन्। १९ वर्षीय म्याडोक्स जेठा छोरा हुन्। उनीपछि १७ वर्षीय प्याक्स, १६ वर्षीय जाहारा, १४ वर्षीय शिलो र १२ वर्षीय जुम्ल्याहा नक्स र भिभिन्नी छन्। सबै छोराछोरी अदालतमा बोल्न सक्षम भएकाले उनीहरुका कुराले पनि मान्यता राख्ने एनडिटिभीले लेखेको छ।
ब्राडलाई लगाइएको घरेलु हिंसाको आरोप एन्जेलिनाले बदनाम गर्न लगाइएको हल्लासमेत चलेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्