संसदीय दलको बैठकमा माधव पक्षका कलिला खातुन र गंगा चौधरी उपस्थित

काठमाडौं । संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो। ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए ।

आज खनाल-नेपाल पक्षका सांसदहरूले होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका थिए। माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएका छन् ।

ads

ads