जसपा कसैको पुच्छर होइन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो: भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्।

जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटघाटलाई जारी राखेका छन्।

“जसपा कसैको पुच्छर होइन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो” भट्टराईले ट्वीट गरेका छन्। साथै गणतन्त्र, संघीयतालगायतमा कसैसँग सम्झौता गर्न नहुने उनको भनाइ छ।

ads

ads