बल्लतल्ल संसदको चौथो शक्ति बन्यो नेता नेपालको पार्टी

संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ ।

बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ ।

नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए । यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ ।

यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुने भएको छ भने आजै आयोगबाट आधिकारिकता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं ठूलो दल बन्ने भएको छ ।

यी दल नै संघीय संसदमा राष्ट्रिय हैसियत प्राप्त गर्ने दल बनेका छन् भने थ्रेसहोल्ड नकटाएका राप्रपा, जनमोर्चा र नेमकिपाको संसदमा प्रतिनिधित्व रहेपनि स्वतन्त्र हैसियत रहेको छ ।

ads

ads