भिम, योगेश, अष्ट, गोकर्ण, सुरेन्द्र लगायतका तेस्रो पक्षका नेता एमालेमै रहने निश्चित ।

एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् । अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।

ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।

‘भोलि बस्ने स्थायी समिति बैठकमार्फत कसरी अघि बढ्ने भन्ने रुपरेखा तयार गर्छ । आज भएको छलफलमा अध्यक्ष र महासचिव दुवैले १० बुँदेलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो’, विष्टले हामीसँग भने, ‘अहिले नै कुरा मिल्यो भनिहाल्न त मिल्दैन तर सकारात्मक वातावरण बनेको छ ।’

ads

ads