स्थानिय स्तरमा तामाकोसी गाउपालिका वडा न ४ मालुको काम कर्तव्य र चुनौतीहरु !

स्थानिय स्तरमा तामाकोसी गाउपालिका वडा न ४ मालुको काम कर्तव्य र चुनौतीहरु !
 हामी समृद्धिका कुरा गरिरहेका छौ ,सामाजिक न्यायको कुरा गरिरहेका छौ,सन्तुलित र दिगो बिकासका कुरा गरिरहेका छौ,हाम्रा प्रयत्नहरु जनताका लागि केन्द्रित रहेका छन,राजनितीक रुपमा ठुलै परिबर्तन गरेका छौ ,आजको दिनमा लोकतान्त्रिक गणतन्त्र  नेपालका सबै नागरिकले खाना, छाना ,नाना,मालु बासिले पाउने कुरामा र दिलाउने कुरामा वडा अध्यक्ष कटिबद्ध हुनुहुन्छ,सबै खालका बिभेदहरु समाप्तिको दिसामा छन , सबैले समन रुपमा न्याय पाएका छन,जनताको चाहना र मन जितेर तामाकोशी गाउपालिका मालु ४ ले एक होनहार युवा अध्यक्ष पाएको छ र उहाँ जनप्रतिनिधि भएर आज जनपृय हुनुहुन्छ उहाकै कार्यकालमा धेरै बिकासे कामले  तिब्रता हासिल गर्यो, तर पनि ती कामले प्रचार प्रसारको कमिले स्थान पाएको छैन , यस्तो अबस्थामा तपाईं हामिले अधिकार सम्पन्न स्थानिय सरकार आफ्नै आगनमा आउदा  र पाउँदा आफुले सकेको सयोग र सल्लाह दिने राम्रा कामको प्रचार गर्ने काम हामी बाट कमि भएको देखिन्छ , मालुको शिरमा  अवस्थिती प्रयटकिय छेत्र गडि माइ मन्दिर निर्माण , मालु फ्यातल सडक बिस्तार , मालु फ्यातल ८-९ खेल मैदान फ्यातल सिचाइ पोखरी , वडा कार्यालय भबन, बृद्धअबश्था रमाइलोको लागि वृद्धहरुको मनबहलाउने भबन , पालिका स्तरिय सभाहल, कोबिड अस्पताल , पाचबर्षे स्थानिय सरकार हुँदै भिरकोट हावा च्यामा सडक कालो पत्रे ,लगाएत , दलित जनजाती अन्यलाई जीवन बिमा आदि कार्य हुँदै र भैसकेका र क्रमागत निर्माण हुँदै मालु सुसम्पन गराउने तर्फ वडाका अध्यक्ष होम बहादुर श्रेष्ठ अगाडि बढ्नु भएको छ । मालु बासी नागरिकहरुले अघि सारेका हरेक बिकास निर्माणका योजनामा वडा प्रयत्न रत रहेको छ मालु बासी जनताको जिबनमा समृद्दि र खुसियाली ल्याउनमा वडा अध्यक्ष केन्द्रीत हुनुहुन्छ । मालुमा स्थानीय सरकारका असल  अभ्यासहरु स्थानिय सरकारले जे जति बिकासका अभियानहरु संचालित भएका छन ,त्यसले भौतिक पुर्बाधार निर्माणका क्षेत्रमा निकै ठूलो फड्को मार्दैछ,स्थानिय तहमा  सिपमुलक तालिम सरकारी शिक्षालाई गुणस्थरिय बनाउने अभियान ,स्वच्छ खाने पानीको ब्यबस्थापन,स्वास्थ्य सस्थाका लागि आबस्यक पुर्बाधारको निर्माण युवाहरु लक्षित खेल मैदान लगाएतका पुर्वाधारको निर्माण सामाजिज सुरक्षा जेष्ठ दलित समुदायका लागि जीवन बिमामा छुट लगाएत महत्वपूर्ण कार्यहरु संचालित भैरहेका छन ,कृषि छेत्रमा उत्पादन वृद्धिकालागी भनेर स्थानिय वडा र साना किसान कृषि सहकारीले मालु बासिलाइ उहाहरुको सिप क्षमता बिकासका विभिन्न क्रियाकलाप हेरेर सहुलेत दरमा आर्थिक रकम उपलव्ध गराइ युवाहरु कृशकहरुमा जीवन स्थर बढाएका छन , यस कार्यम सहजीकरण गर्नु हुने साना किसान कृषि सहकारीका प्रबन्धक भिब बहादुर श्रेष्ठ (दिनेश) लाई स धन्यवाद दिनै पर्छ , युवाहरुले पनि आफ्नो स्थानिय तहमा हुने बिकासे काममा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ समय समयमा हुने ठेकेदार बाट हुने कामको गुणस्तर बनाउन नियमित अनुगमन उपभोक्ता समिती मार्फत हुने कामको अनुगमन लगाएत माउमा सबै कामको र गतिविधिहरुलाइ युवाहरुले चासोमा लिएर नियालेको देखिन्छ । मालुलाइ एउटा नमुना वडा र पालिकाको केन्द्र पनि भएकाले बिचमा रहेको र पालिका यहि हुने कुरामा हामी कटिबद्ध हौ । लागि परौ मालुमा सबै काम र गतिविधिहरुलाइ प्रणालिबद्द बनाउदै हरेक बिकास गतिविधि लाई जनकेन्द्रदित बनाउने प्रयास र प्रयत्नमा वडा अध्यक्ष लगाएत स्थानिय बासी युवाहरु लगाएत नागरिक लागि पर्नुपर्ने देखिन्छ , हरेक बिकास र नागरिकको जीवन सहज बनाउने र हरेक नागरिकको जिबन सहज बानाउदै उनिहरुको गुणस्थरिय जीवन बनाउने कुरामा बिशेश ध्यान  जाओस मालुबासी जनता यहि चाहन्छ ।

ads

ads