माधव नेपालको साथ छोडेकी अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै [ पौडेलले संसदीय दलबाट राजिनामा दिए]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पार्टी एकताको लागि सन्देश दिनका लागि आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् ।उनले पद र प्रतिष्ठा भन्दापनि पार्टी एकता जोगाउनु प्रमुख कुरा भएकाले आफूले राजीनामा दिएको प्रतिक्रिया दिए ।

उनले बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिने घोषणा गरेका थिए ।‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ ।

यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।साढे ३ वर्ष सरकारको नेतृत्व गरेका मुख्यमन्त्री पौडेलले आगामी १७ महिनापनि बागमती प्रदेशमा नेकपा एमालेको सरकार टिकाउने उद्देश्यका साथ आफूले राजीनामा दिएको बताए ।

उनले आफ्नो राजीनामाले पार्टी एकीकरणको लागि केन्द्रीय नेतृत्वलाई दवावसहितको सन्देश हुने बताए ।आफूले सरकारको नेतृत्व नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई सुम्पिने पनि पौडेलले बताए ।

सरकारले प्रतिकूलता र अभावका बीच पनि आफ्नो कार्यकालमा विकास निर्माणको काम पर्याप्त भएकाले सरकारले असन्तोष मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

सरकारले काम गर्ने क्रममा कति सफल र असफल भन्ने कुरा आमनागरिकले हेर्ने कुरा भएकाले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशले कुनैपनि कमिकमजोरी नगरेको उनको दावी छ ।

ads

ads