हामी देशभरी शान्ति कायम गर्नेछौं, देशलाई विकास गर्नेछौँ- तालिवान ।

तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको एक दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ । तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ ।

हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’तालिबानका एक अधिकारीले देशमा स्थिति पूर्ण रुपमा शान्तिपूर्ण भएको र कतै पनि संघर्ष नभएको दाबी गरेका छन् ।


यी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘हामीले जुन रिपोर्ट पाइरहेका छौं, त्यसको हिसाबले स्थिति शान्तिपूर्ण छ ।’

ads

ads