वामदेव गौतमजस्तो पार्टी फुटाएर जाने योजना छैन, अपमान सहन पनि सक्दैनौं : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट अफ्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने बताएका छन्। उनले कसैको पनि असहज बाटो र दु:ख रोज्ने चाहना हुँदैन भन्दै अफ्ठ्याराहरूलाई चिर्दै हिँड्नुपर्ने बताए।

राजधानीमा आयोजित कम्युनिष्ट आन्दोलनमा अवसरवादबार अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट अफ्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने बताएका छन्।उनले कसैको पनि असहज बाटो र दु:ख रोज्ने चाहना हुँदैन भन्दै अफ्ठ्याराहरूलाई चिर्दै हिँड्नुपर्ने बताए।

राजधानीमा आयोजित कम्युनिष्ट आन्दोलनमा अवसरवादबारे विचार गोष्ठीमा बोल्दै नेता नेपालले अवसर र चुनौती सँगसँगै देखा पर्ने भएकाले पिठ्युँ फर्काएर हिँड्नु नपर्ने बताए।

उनले वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्न खोजेको बताए।


‘न रुन सकिने न हास्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौं,’ उनले भने, ‘असहज भनेको बाध्यता हुन्छ।’
नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताए। उनले कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै रहेको भन्दै एमालेले आफ्नो जनविश्वासलाई काबुमा राख्न नसकेको बताए।

‘गलत र अहंकारी प्रवृत्तिले हामीले आफ्नो जनविश्वास कायम राख्न सकेनौं, तर जनविश्वास खस्किएको भए पनि मैदान खाली नै छ,’ उनले भने, ‘समयमै हाम्रो आँखा खुल्नुपर्छ, कहाँ कहाँ त्रुटी छन् सच्याउनुपर्छ।’

ads

ads