चेल्सीलाई यूईएफए सुपर कपको उपाधि

साउन २८, भिल्लारियललाई हराउँदै चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ सिजनको पहिलो उपाधि जित्ने क्रममा चेल्सीले बिहीबार बिहान सडेनडेथमा भिल्लारियललाई ६-५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा चेल्सीले बाजी मारेको हो ।

पेनाल्टीमा चेल्सीका लागि काई हाभर्टजको सुरूआती प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाएका थिए। त्यसपछि चेल्सीको सबै ६ पेनाल्टी गोल भएको थियो। उसका लागि सेसर एज्पिलिक्वेटा, मार्कोस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे।

युईएफले हरेक वर्ष सिजन सुरू हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठूला

ads

ads