ओलीको टाँङ मुनी छिर्दैनौँ, फ्लोर क्रस गर्ने प्रदेशका सांसदलाई जसरी पनि जिताउँछु ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमारले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने सङ्केत गरे । आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने नेता नेपालले स्पष्ट पारे ।

हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ,’ नेता नेपालले भने, ‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ ।’

‘फ्लोर क्रस’ गर्नेलाई जिताउने जिम्मा मेरो !

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिबद्धता गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे । उनले भने ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईंहरुको सदस्यता धरापमा छ भने यदी तपाइँहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।’

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ , उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताए ।

अखिलको कार्यक्रममा कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमाले नेता अम्बरबहादुर थापासमेत उपस्थित थिए । उनीतर्फ सङ्केत गर्दै नेता नेपालले भने, ‘तपाईंहरुले फ्लोर क्रस गरेर संस्था (प्रदेशसभा) जोगाउनुभयो, तपाईंहरुमाथि कारबाही भएछ भने पनि आगामी चुनावमा जिताउने जिम्मा मेरो भयो ।’

ads

ads