एमसिसीबारे ओली कठोर, पास गर्न नहुने जिकिर :;माधव नेपाललाई अब ओलीले रुखोपना नदेखाउने ।

ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको र काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको आरोप लगाए । उनले नेपालबारे आफ्नो कुनै टिप्पणी नरहेको पनि बताए । ‘माधव नेपालहरूको बारेमा केही भन्नु छैन। पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे’, बैठकमा ओलीले भने, ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ।

म भन्न पनि चाहन्न धेरै साथीहरूले कुरा बुझिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु।’ अब पार्टीभित्र गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुने पनि ओलीले जिकिर गरे ।
ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरुविरुद्ध गाली गलौचको पुलिन्दा भएको टिप्पणी गरे । ‘सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौचको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभिरिङ्गी जालिझेलिहरुको गठबन्धन हो’, ओलीले टिप्पणी गरे । उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण , सुन तस्करीकाण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे । उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरणलगायतमा झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए ।

उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीमै किचलो सुरु भएको पनि ओलीले बताए । काँग्रेसको आन्तरिक विवादतर्फ लक्षित गर्दै उनले भने, ‘किचलो छरपस्ट भएको छ, के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’ ओलीले सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा ‘समस्या’ भनेर उल्लेख भएकोप्रति आपत्ति जनाउँदै राष्ट्रको उपलब्धि कमफर्टेबल गठबन्धनलाई समस्या भएछ भन्दै कटाक्ष पनि गरे ।

ads

ads