क्षणिक लाभ-हानीको लागि मुण्ड विच्छेदन गर्न तयार अर्भक दुष्टबालकहरु नै एकताको बाधक हुन ।

रबिन्द्र ढुंगेल : नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीलाई सामन्ती निरङ्कुसताको एजेण्ट बनेको आरोप लगाउँदै आउनुभएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनःस्थापना लगायत महत्त्वपूर्ण राष्ट्रिय एजेन्डा स्थापित गर्न सफल भएपछि पनि पार्टी एकताको लागि तयार नभएको र पार्टी फुटाउने नियतिले नै आफ्नो अध्यक्ष नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेलेको आरोप लाग्न थालेको छ ।

नेता नेपाल समूह सरकारमा जाने या नजाने भन्ने बिषयमा लामो समय अनिर्णित बन्यो यधपी माधवपक्षीय केन्द्रीय कमिटीले सरकारमा नजाने र आफूहरुको कारण मन्त्रीपरिषद विस्तारको काम नरोकिएको बताएका छन् । दुई दिनसम्म चलेको बैठकमा सरकारमा जाने या पार्टी एकतालाई बलियो बनाउने भन्ने बिषयमा विवाद देखियो। र नेपालपक्षमा पनि दुई ध्रुव उत्पन्न भएको देखिन्छ जसमा सरकारमा जानुपर्छ भन्ने एक पक्ष त सरकारमा जानूहुँदैन , हामीले पार्टी एकताको लागि पहल गर्नुपर्छ भन्ने अर्को पक्ष ।

नेपाल समूहको बैठकले बाहिरि सतही रूपमा सकारात्मक सन्देश दिन खोजेको भए पनि बैठक कक्षमा ओलीसँग मिल्न हुँदैन भन्ने पक्षको बहुमत देखिएको अधिकांस केन्द्रिय सदस्यहरुले बताएका छन् । सम्मानजनक एकताको मत राखिरहने दोस्रो र तेस्रो तहका नेताहरु भने एकताको लागि तयार नै देखिन्छन् तर माधव नेपाल लगायतका पछिल्लो श्रेणीका नेताहरू भने सरकारको लोभमा फसेको देखिन्छ ।

पछिल्लो समय ओली पक्ष भन्दा पनि नेपाल पक्ष केही आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । एमालेमै रहने तर ओलीलाई अध्यक्षबाट पनि विस्थापित गर्ने र नङग्याउने नेपाल पक्षको रणनीति छ तर त्यो तेत्ती सजिलो छैन । अदालतले आँट दिएको खण्डमा त्यो पनि नहोला भन्न सकिन्न तर अर्कालाई नङग्याउन खोज्दा कहिले काँही आफैं नाङगिनु पर्ने अवस्था पनि आउन सक्छ नेपालपक्षले हेक्का राख्नुपर्छ ।

दुई शीर्ष नेता एकले अर्काेलाई पत्तासाफ गर्ने रणनीतिमा छन् । कार्यादलको मेहनत शीर्ष नेतृत्वले बुझ्न सकेका छैनन् । यो एमाले विवाद भन्दापनि ओली – नेपालको कुर्वन्ति द्वन्दबाट तेस्रो पक्षले फाइदा लिइरहेका छन् । एमालेलाई फुटाउने रणनीतिमा केहि अवसरवादी नेताहरू छन् जो एमाले हुन पनि होइनन् पनि ती बिक्री हुने वस्तु जस्तै भाण्ड हुन् मुण्ड होइनन् । तिनीहरु दुबै पक्षमा छन् र थिए पनि र हुन्छन् पनि । ती समलिङगीहरु कुनै पनि वस्तुस्थितिको सैद्धान्तिक र व्यवहारिक व्याख्या नगरी निर्णय गर्छन् र पाहा पछारिएझैँ पछारिन्छन् ।

ads

ads