गरिबको घर बनाउने विप्लव समूहको वास्तविक बैज्ञानिक समाजवादको यात्रा ।

रबिन्द्र ढुंगेल : नेत्रविक्रम चन्द ‘विप्लव’ एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेता हुन्। उनी पूर्व माओवादी नेता रामबहादुर थापा (बादल) र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य सेनापतिको रूपमा रहेका थिए। नेकपा माओवादीबाट अलग भएसँगै उनी २०७१ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका छन्।त्यसबेलादेखि उनी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आइरहेका छन्।

उनले सुभद्रा मल्लसँग बिहे गरेका थिए। उनका दुई छोरा र एक छोरी रहेका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हालसालै दाङको एक गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो माओवादि पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो ।

आवासको लागि घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् ।

समाजसेवामा अग्रसर भएका विप्लव समूहले घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ । घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए । उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै वैज्ञानिक समाजवाद अबको आवश्यकता भएको दाबी गरे ।

ads

ads