निग्रह संविधानको निर्लज्ज प्रयोग – रविन्द्र ढुंगेल ।

रविन्द्र ढुंगेल : नेपालको राजनीतिक इतिहासमा गत तीन दसकमा २८ पटक सरकार फेरियो तर हाम्रो छिमेकी सत्रुराष्ट्र भारतमाम्मा सातपटक मात्र सरकार फेरियो। सो अवधिमा पाँचजना मात्रै प्रधानमन्त्री भए। अमेरिकामा जम्मा पाँच जनामात्र राष्ट्रपति भए तर नेपालमा यो अवधिमा प्रधानमन्त्रीको लस्कर हेर्दा सबैलाई जितिसकेको देखिन्छ। कोभिडभन्दा खतरानाक राजनीतिक संक्रमणबाट देश तनावग्रस्त हुँदा हामी विदेशी ऋण र व्यापार घाटामा भने निकै माथि छौं अरुभन्दा निकै अब्बल सावित भएका छौँ ।

परदेशको लामखुट्टे जमिनमा उखु झैँ पेलिएर निस्केको रगत र पसिनाबाट आर्जन भएको विप्रेषणमा पनि हामी बोर्ड टपर नै हौं । दिनानुदिन दरिद्र , दुर्गति भोगिरहेका निर्वसुहरु र निष्कर्मन् ढाडेहरुको संख्या मोटो हुँदै गर्दा हाम्रो कृषि उब्जनी , कृषिक्रान्ति तराईभन्दा पनि तल छ, भासिएको छ ।

प्यास मेट्न , आहार धोक्न देशान्तरे कसौंडी कुर्नुपर्ने अवस्था बनाउने सम्प्रदुष्ट, अपभ्रष्ट, दुष्ट – दूषित ध्वासे कालिमान खुर्सानीमुखे नेताहरुलाई शीर्ण अण्डा खुवाउनुपर्ने देखिन्छ ।

‘तेस्रो विश्व’बाट ‘पहिलो विश्व’मा आउन स्कन्द उत्पात मच्चाउने मलेसिया, दुबई जस्ता मुलुकहरु आन्दोलन, सभा–जुलुसहरु हेर्न नेपाल आउनुपर्ने सल्लाह दिन्छन् । सत्ताको जाँड खाएर मातसँगै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र अनेक नाम दिइएका आन्दोलन र क्रान्ति जनताकै लागि ल्याइएको भन्न भ्याउने भ्रष्ट म्याराथनका धावकहरुलाई संविधाने थैलो भिराएर भ्रष्टाचार गर्न पठाउने हामी जनता जनार्दन कि जनावर ?

नेपालीहरुको तिघ्रा ठटाएर महाथिर मोहम्मदले मलेसियालाई विकसित राष्ट्रको परिचय दिए । कार्लमार्क्स, स्टालिन, लियोन ट्राटस्की, बर्नस्टिन, रोजा लक्जम्बर्ग, पं. राममनोहर लोहिया, जय प्रकाशनारायणको लोकतान्त्रिक वैचारिक क्रान्ति र गान्धी, अम्बेडकर, लोहियाको समाजवादी लोकतान्त्रिक क्रान्ति दुबै दुब्लो भएपछि भ्याटिकन सिटी, भुटान, इराक, इरानको गतिमा पुगिनेछ । हेक्का रहोस् नेताजी ।

ads

ads