बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी

२०७८ साउन २३,बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण भने नखुले प्रहरीको भनाई छ।

ads

ads