प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे छलफल

१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ। बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

ads

ads