गंगा चौधरीको आरोप- नेता नेपालले समितिमा अधिनायकवादी चरित्र प्रस्तुत गरे

१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् । ‘१० साउनमा समितिको बैठकमा भएको घटनालाई समस्त थारु समुदायको अपमानका रूपमा लिन सकिन्छ । यो विषय नारदमुनि रानाको मात्रै होइन । जुन दृश्य समितिमा देखियो, त्यसले सदियौँदेखि थारु समुदायमाथि शोषण गरेको झझल्को दिलायो,’ उनले भनिन् ।

समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सत्गौवाले बताइन् । उनको प्रस्तुतिले संविधानले दिएको मौलिक हक हनन् भएको र वाक स्वतन्त्रताप्रति गम्भीर आघात पुगेको उनले बताइन् । ‘हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन,’ उनले भनिन् ।

ads

ads