नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख, तीमध्ये साढे चार लाख नयाँ सदस्य थपिए

२०७८ साउन १२ पाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी काम गर्दा जटिल र विवादित हुने गरेको भन्दै आगामी महाधिवेशनदेखि यो परम्परालाई तोड्न सुझाव दिएको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् । यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो। जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए। मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ ।

सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

ads

ads