“सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ,” कुकर्म सहेर घरमा बस्नुहुँदैन: माधव नेपाल

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।

“एमाले अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेका छौँ । सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ,” नेपालले भने, “अपमान सहेर घरमा कोही बस्दैन । कुकर्म सहेर घरमा बस्नुहुँदैन । म पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति हुँ ।” यस्तै नेता नेपालले आफूविरुद्ध पार्टी भित्रैबाट भइरहेको प्रदर्शन र आलोचनालाई नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गरेका छन्।

‘पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौ। त्यहि अनुसार अगाडीको बाटो तय गर्छौ,’ उनले भने। कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

ads

ads