सागरको ‘यादका बस्तीहरू’ भर्चुअल माध्यमबाट लोकार्पण

काठमाडौँ । लेखक तथा साहित्यिक व्यक्तित्व राजबाबु श्रेष्ठ सागरको ‘यादका बस्तीहरू’ भर्चुअल माध्यमबाट लोकार्पण गरिएको छ ।

प्रसिद्ध गीतकार प्रा.डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यमा भएको साहित्यिक कार्यक्रममा साहित्यकार राजबाबु श्रेष्ठ सागरको यादका बस्तीहरू गीति सङ्ग्रह भर्चुअल जुमका माध्यमबाट सार्वजनिक गरिए हो । उक्त पुस्तकको लोकार्पण साउन २ गते शनिबार २ बजे एकासी जना बौद्धिक साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा लोकार्पण समपन्न भएका हो । सो कार्यक्रमका सभाध्यक्ष पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले गरेका थिए ।

कार्यक्रममा गीतकार राजबाबु श्रेष्ठ सागरले गीति कृति जन्मनुका विगतका पृष्ठभूभि र आफ्ना गीतका बारेमा मार्मिक तथा हृदयस्पर्शी भनार्इ राखेका थिए । वरिष्ठ बाँसुरी बाधक तथा यलमाया क्लासिकका संस्थापक जीवन आलेले बाँसुरीको धून बजाई लोकार्पण आरम्भ गरिएको थियो । कार्यक्रममा प्रमुख प्रा. डा. कृष्णहरि बरालले गीतकार सागरका गीतहरूमा काव्यिक, उपमा र अलङ्कारहरू प्रशस्तै प्रयोग गरिएको पाइयो भन्दै थप सङ्गीतले राजका गीतहरू निकै उचाइमा पुग्नेछ भन्ने विश्वास व्यक्त गरे ।

‘राजजीका अरू गीतकारहरूले लेख्ने जस्तै उग्र राष्ट्रवाद र अन्ध राष्ट्रवादका यी दुई रेखाले घेरिएका राष्ट्रिय गीतहरूभन्दा माथि उठी असली राष्ट्रवादभित्रको घेराभित्र रहेको पाइयो’, बरालले भने– ‘केहि ठाउँमा थोरै मिटरको पनि ख्याल गरिएको भए उत्तम हुन्थ्यो ।’ कार्यक्रममा विशिष्ट अतिथि कवि डा. नवराज लम्सालले गायनका लागि उपयुक्त छन्द र लय मिलेको हुनुपर्ने र गीतकार सागरका गीतहरू स्फुरण हुँदा रातमा जागी आकाशका ताराहरू हेर्दै पानी पिउँदै कोरिएका भावनात्कमक शब्दहरू रहेको बताए । उँदा गीति कृतिहरू थप परिमार्जन गर्दै निकाल्दा राम्रो हुने उनको भनाई थियो ।

त्यस्तै विश्वकीर्तिमानी तथा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले राजबाबु आफैँमा बहुआयामिक व्यक्तित्व रहेको र कृतिभित्र रहेका सबै गीतहरू राम्रा रहेका र त्यसमध्ये उत्कृष्ट लागेका दशओटा गीतहरूमा आपूmले सङ्गीत गर्ने मौका पाए आभारी हुने बताएका थिए । वरिष्ठ चित्रकार, गायक एवम् सङ्गीतकार ज्योतिप्रकाशले पनि सागरका गीति सङ्ग्रभित्र रहेका सबै गीतहरू उत्कृष्ट रहेका भन्दै ‘मन दुख्दा फूलले पनि बिझाउँदो रैछ’ बोलको गीतमा सङ्गीत भर्दै गाएर सुनाएका थिए ।

गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारूङले गीतकार राजबाबु श्रेष्ठ गीति सङ्ग्रह निकालिनु पूर्व पनि राम्रा गीतकार र कविका रूपमा चपरिचित नाम रहेको ताउँदै परम्परागत गीतका शैलीभन्दा फरक शैली अपनाई केही गीतहरूमा मुक्तकीय र गजलीय शैली अपनाई गीतका ढाँचा दिएका कारण आफू प्रभावित भएको बताए ।

कार्यक्रमका सभापति पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले लोकार्पणको भाव र अर्थमाथि प्रकाश पार्दै र हरेक दश महिनामा सागरका कृति जन्मने गरेको र दश महिनाअघि ‘हराएका छोराहरू’ कविता सङ्ग्रह र ‘देशको चिना’ मुक्तक सङ्ग्रह लोकार्पण गर्दाको प्रसङ्ग उठाउँदै लेखकमा सिर्जनाका प्रशस्तै सम्भावना देखिएको बताए ।

ads

ads