साउन १४ देखि मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ जारी हुने

२०७८ साउन ६ काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यससँगै, सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

ads

ads