राज कुन्द्राको आफिसबाट अश्लिल फिल्म अपलोड हुने सर्वर, ल्यापटप पुलिसले भेटियो

काठमाडौं साउन ७,एजेन्सी मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । यसका साथै, पुलिसले केही काजगपत्र, कुन्द्राका आइफोन तथा ल्यापटप समेत बरामद गरेको छ । बरामद भएका सबै सामान परिक्षणका लागि फोरेन्सिक ल्याबमा पठाइएको छ ।

सो क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका हार्ड डिस्क र सर्भर बरामद गरेको छ । समाचारका अनुसार पुलिसले त्यो सर्वर बरामद गरेको छ जसको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’को माध्यमबाट अपलोड हुने गर्दथ्यो । पुलिसले छिट्टै शिल्पासँग पनि यो बिषयमा सोधपुछ गर्दैछ ।

ads

ads