आज थप २ हजार ८३८ जना संक्रमित, ३० जनाको मृत्यु


काठमाडौं,साउन ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३६ हजार ४ सय ३ जना संक्रमणमुक्त भएको छन् ।

त्यस्तै आज कोभिड संक्रमणबाट मृत्यु हुनेको दर ३० रहेको छ ।

ads

ads