बढ्यो संक्रमण दर, आज ३१०८ संक्रमित,१५९५ संक्रमणमुक्त

काठमाडौं,साउन ५ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै संक्रमण मुक्त हुनेको दर १५९५ रहेको छ । त्यस्तै आज १३ हजार १३५ जनाको स्वाव परीक्षण गरिएको थियो ।

सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छनोट भने, ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

ads

ads