प्रधानमन्त्री देउवाद्वारा आजै विश्वासको मत लिने तयारी

काठमाडौं,साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको दुईवटा बैठक बसी देउवाले विश्वासको मत लिन लागेका हुन ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरिएको बताइएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसै व्यवस्था अनुरूप आज देउवाले विश्वासको मत लिदैँ छन् ।

ads

ads