तीन दिनसम्म हल्का वर्षा हुने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले तीन दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको उल्लेख छ।

शुक्रबार दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

पहाडी भू-भागका थोरै स्थानमा अपरान्ह/साँझतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ads

ads